

धादिङ,३१ बैशाख ।
संस्कृत भाषाका प्रकाण्ड बिद्धान एवम पण्डित स्व.रुद्रप्रसाद भट्टको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।
आईतबार नीलकण्ठ नगरपालिका १२ स्थित पशुपति मन्दिर परिसरमा धादिङ सिर्जना प्रतिष्ठान र पशुपति क्षेत्र व्यवस्थापन समितिद्धारा आयोजित स्मृती सभामा पण्डितवर स्व.भट्टको बार्षिक पुण्यतिथिको अवसर पारेर स्मृतिग्रन्थ लोकार्पण गरिएको हो । स्मृतिग्रन्थको संस्कृतविद एवम वरिष्ठ पत्रकार कमल रिजालले लोकार्पण गर्नुभएको हो ।
वि.स १९८६ मा धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीमा जन्मनुभएका पण्डितवर भट्टको २०७९ जेठ १३ गते निधन भएको थियो। ७५ बर्ष गुरुकुल शिक्षाको माध्यमबाट शिष्यहरुलाई निशुल्क संस्कृत व्याकरण तथा बैदिक कर्मका संस्कार र पद्धती अध्यापन गराउनुभएका भट्टले पुराण, वाल्मीकी रामायण,महाभारत,देवीभागवत ,गीता लगाएतका ग्रन्थहरुको व्याख्या गर्नुहुन्थ्यो ।
उहाँको २ वटा कृतिहरु प्रकाशित छन् भने अप्रकाशित रचनाहरु प्रकाशोन्मुख अवस्थामा रहेको उहाँका छोरा केशवराज भट्टले बताउनुभयो । स्मृतिग्रन्थमा बिभिन्न महानुभावहरुले स्मरण गर्नुभएको कुराहरु,जिवनवृत्त र उहाँले रचना गर्नुभएको १०० भन्दा बढी श्लोकबद्ध कविता संग्रह प्रकाशित गरिएको छोरा केशवराज भट्टले बताउनुभयो ।
कार्यक्रममा सहभागी अतिथिहरुले पण्डितवर स्व.भट्टले पु¥याउनुभएको योगदानलाई हरेक नेपालीले कदर गर्नुपर्ने बताउँदै उहाँको स्मृति ग्रन्थले उहाँको जीवनीलाई नयाँ पुस्तामाझ उजागर गर्न सफल भएको धारणा राखेका थिए ।
पशुपति क्षेत्र विकास समितिका अध्यक्ष मिलन भण्डारीको अध्यक्षतामा भएको सभामा संस्कृतविद एवम वरिष्ठ पत्रकार कमल रिजाल प्रमुख आतिथ्य तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाल,नेपाल सरकार पूर्व सहसचिव राममणि दुवाडी,शिक्षाविद् राम प्रसाद अधिकारीको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रम धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले सञ्चालन गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |