

धादिङ,३० जेठ।
नेपाल मगर संघ धादिङले राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक तथ्यांक गलत रहेको भन्दै सच्याउन माग गरेका छन् ।
मगर थर ‘पुन’ लाई छुट्टै जातको रूपमा राखेको भन्दै गलत तथ्यांक तत्कालै सच्याउन मगर संघ धादिङले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
मंगलबार नेपाल मगर संघ धादिङका बरिष्ठ उपाध्यक्ष राम आले मगर,नेपाल मगर संघ वागमति प्रदेश द्वितीय सचिव ईश्वर पल्ली मगरको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र वुझाएको हो ।
आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सूचिकृत संख्यात्मक रुपमा सबै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर मध्ये पुन भएको तर, राष्ट्रिय तथ्यांक विभाग कार्यालयले लिखित रुपमा पटक–पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री मातहतको निकाय जस्तो उच्च निकायले गरेको गम्भिर त्रुटीले समाज भौतिक, मानसिक र नैतिक समस्या सृजना गरेको भन्दै सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्धन्दको विजारोपण भएको हुनाले तत्कालै सच्याउन अनुरोध गर्दछौँ,ज्ञापनपत्रमा भनिएको छ ।
मगर संघ धादिङले इतिहास, भूगोल, भाषा, संस्कृति भेषभुषा, रहनसहन र प्राचिनताको हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर ९ हजार ८२७ पुनलाई ३ दिनभित्र मगर जातिको संख्यामा गाभ्नुपर्ने र त्रुटी नसच्याए आफ्नो पहिचान र अस्तित्वका लागि शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |