धादिङ ।धादिङको सिद्धलेका गाउँपालिका वडा नं १ स्थित नयाँबस्ती खनायोखर्कको छेजुङ गुम्बामा ङ्युने (निलाहार) व्रत शुरु भएको छ ।
बडादशैंको अवसर पारेर ४ गते फुलपातीबाट शुरु भएको ब्रत ७ गते विजयादशमीसम्म चल्ने छेजुङ गुम्बाका अध्यक्ष जोन लामाले बताउनुभयो।
प्रमुख लामा धन दोर्जे लामाको अगुवाइमा १९ जनाले व्रत सुरु गरेको लामाले बताउनुभयो ।
यो व्रत देवातरणको समयमा हरेक वर्ष गर्ने गरिन्छ ।भगवान बुद्धले देवलोकमा रहेको आफ्नो मातालाई धार्मिक प्रवचन दिएर मनुष्य लोकमा आएको समयलाई देवातरण भनिन्छ ।
यही देव अवतरणको समयमा पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर निराहार ङ्युने व्रत बस्ने परम्परा रहेको सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष पेमा लामाले बताउनुभयो।व्रत पञ्चशील र अष्टशीलका लागि समेत लिइनुका साथै दिवंगत प्राणीहरुको मुक्ति र जीवीत प्राणीहरुको रक्षाका लागि पनि बस्ने गरिएको उहाँको भनाई छ।
यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको पनि लामाले बताउनुभयो ।
बौद्ध धर्ममा ङ्यूङ्ने व्रतलाई विशेष महत्वका साथ गरिने चलन रहेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |