

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नयाँबस्ती खनायोखर्कको छेजुङ गुम्बामा बसेको न्युङ्ने अर्थात् मौन ब्रत आजबाट सकिएको छ ।
दशैंको फुलपाती दिनदेखि बसेको ४ दिने न्युङ्ने ब्रतको आज बिजयादशमीको दिन लामा गुरुहरुबाट वाङ अभिषेक गरि समापन गरिएको हो ।
प्रमुख लामा धन दोर्जे लामाको अगुवाइमा १९ जना न्युङ्ने व्रत बसेको छेजुङ गुम्बाका अध्यक्ष जोन लामाले बताउनुभयो ।
गुम्बा मणिप सङकी अध्यक्ष रिन्छेन डोल्मा लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष पेमा वाङ्ग्याल लामाको प्रमुख आतिथ्यता तथा दोलखाबाट आउनुभएका प्रमुख लामा गुरु धन दोर्जे लामा, धादिङ धुवाँकोटका लामागुरु हिसी दोर्जे लामा लगाएतको विशेष आतिथ्यता रहेको थियो।
ब्रतको समापन गर्दै वडाध्यक्ष लामाले न्युङने बस्दा सम्पूर्ण हत्या गरिएका पशु पन्छीको आत्माले शान्ति पाउनुका साथै अन्य प्राणी र जगतलाई नै राम्रो हुने बताउनुभयो ।
ङ्युने व्रत पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर पञ्चशील र अष्टशीलका लागि समेत लिइनुका साथै दिवंगत प्राणीहरुको मुक्ति र जिवीत प्राणीहरुको रक्षाका लागि पनि बस्ने गरिएको उहाँको भनाई छ।
यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको पनि लामाले बताउनुभयो ।
बौद्धधर्म अनुसार न्युङ्ने ब्रत अन्य समयमा पनि बस्ने चलन छ तर दशैमा बस्ने न्युङने ब्रतको भने छुट्टै महत्व रहेको प्रमुख लामा गुरु धन दोर्जे लामाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |