धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लामा राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ।
प्रशासनले बुधबार एक सूचना जारी गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन भन्दै राति ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो ।
देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य, अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जारी गरेको सूचनामा भनिएको छ।
यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।
साथै पटका, आतसबाजी लगायतका विस्फोटक पदार्थहरूको उत्पादन, आयात, संचय, बिक्री वितरण र प्रयोग नगर्न, जुवा, तास, कौडा सट्टेबाजी लगायतका जुवाजन्य नखेल्न र कानुनले निषेध गरेका कुनै प्रकारका कार्यहरु नगर्न पनि सूचनामा भनिएको छ ।
यस्तै मेला, महोत्सव, प्रदर्शनी आदि स्थानीय प्रशासनको स्वीकृति लिई तोकिएका सर्तहरूको पालना गरेर मात्रै सञ्चालन गर्न,अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, अस्वाभाविक मूल्य वृद्धि गर्ने, म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री बिक्री वितरण गर्ने, अवैध चोरी निकासी गर्ने, आपूर्तिमा अवरोध पु¥याउने कार्य नगर्न, सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ ।
सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |