

नेपाल संवत् ११४४ आजदेखि शुरु भएको छ ।
नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संवत् आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको थियो ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
काठमाण्डाै, ललितपुर, भक्तपुर, बनेपा, धुलीखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नेपाल संवतकाे अवसरमा विशेष कार्यक्रम हुँदैछ ।
सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ ।
यसैगरी आज नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा गरिन्छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्ह: पूजा मनाएका छन् । यस्तै, आज भाइटीका मनाउँदै छन् ।
यस्तै, ललितपुरका केही नेवार समुदायले पनि आजै भाइटीका गर्दैछन्।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर २७ गते हिजो म्ह: पूजा र २८ गते आज भाइटीका मनाउन आह्वान गरेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |