धादिङ । झिंगु नेवा समाज धादिङको अध्यक्षमा राज कुमार श्रेष्ठ चयन हुनुभएको छ।
मंगलबार धादिङबेसीमा सम्पन्न झिंगु नेवा समाजको साधारण सभा तथा अधिवेशनले राज कुमार श्रेष्ठ(सुगमटोल)को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हरि कुमार श्रेष्ठ(बिचबजार), सचिवमा सनतोषराज श्रेष्ठ(पुछारबजार), कोषाध्यक्षमा बिनोद कुमार श्रेष्ठ(बिचबजार) र सहसचिवमा लिला श्रेष्ठ(सुगमटोल) चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा आँचल श्रेष्ठ(सितलबजार), रामकृष्ण अमात्य(बिचबजार), सप्तमाया श्रेष्ठ(बिचबजार), नारायण श्रेष्ठ(सितलबजार), शोभा डंगोल(अल्छिडाँडा), छलमाया श्रेष्ठ(बिचबजार), जगत बहादुर श्रेष्ठ(पहरेचौतारा) र अमित शाक्य(सिरानबजार) चयन हुनु भएको छ।
यसअघि झिंगु नेवा समाजको अध्यक्षमा गोविन्द कुमार श्रेष्ठ रहनुभएको थियो।
यसैगरी अधिवेशनले बिचबजारका नारायण कुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय लाखेजात्रा सञ्चालन उपसमिति, बिचबजारका रामकृष्ण अमात्यको संयोजकत्वमा १३ सदस्यीय धिमेबाजा उपसमिति र सितलबजारकी आँचल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय मिसाखल महिला समिति समेत चयन गरेको छ।
यसैगरी आज धान्यपुर्णिमा, यःमरि पुन्हिको अवसरमा झिंगु नेवाःसमाज धादिङले सामुहिक रुपमा योमरी खाएर मनाएका छन् ।
योमरी वनाउन सिक्ने र सिकाउने कार्यक्रम अन्तरगत धादिङबेशीका नेवार समुदायले नयाँ पुस्ताका महिला र किशोरीलाई योमरी बनाउन सिकाएका थिए ।परम्परागत संस्कृतीलाई पुरानो पुस्ताले सिकाउने र नयाँले सिक्ने गरेको झिंगु नेवाःसमाज धादिङले जनाएको छ।
के हो योमरी ?
नेवारी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले यसलाई योमरी पुन्ही भनिएको हो ।
नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरु बताउँछन् ।योमरीलाई कुवेर र गणेशका प्रतीकका रुपमा समेत लिइन्छ ।
आजको दिनलाई सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमाका रुपमा पनि नेवार समुदायले मनाउने गर्दछन् ।योमरी पुन्हीका दिन गृहणीले शुद्ध भएर चामलको पिठो, चाकु, तील, मासु, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन रहेको छ ।
कसरी पकाउने योमरी ?
योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ ।
चामलको पिठोमा शुद्ध घिउ हालेर तातो पानीले मुछिन्छ ।पीठो मस्केर मुछिनुपर्छ । मुछिएको पिठोलाई आफू अनुकुल आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ।योमरी बनाउने काम सिपालु काम हो ।
सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ।पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ।
पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ ।बीचमा झन्डै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ।
उक्त खाली ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। अबल मुख बन्द गरेर मः मः पकाए झै वास्फिकरण गरेर पकाउनुपर्छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |