धादिङ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
ल्होसारको अवसरमा आज धादिङबेसीमा विशेष कार्यक्रम गरिने तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङले जनाएको छ।
धादिङबेसीं स्थित कर्भड हल परिसरमा हुने कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने गुरुङ राष्ट्रिय परिषद् धादिङका अध्यक्ष शंकर बहादुर गुरुङले जानकारी दिनुभयो ।
धादिङबेसींको पुछार बजार देखि कार्यक्रम स्थल सम्म विविध गुरुङ संस्कृति झल्कीने झाँकी र पञ्चेबाजा सहितको ¥याली, घाटु, कौह्रा तथा सालैजो गीत तथा नृत्यको साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती र गुम्दीका कलाकारको चुट्का हुने अध्यक्ष गुरुङले बताउनुभयो ।
यसपटक तमु गुरुङ समुदायले ’हि–ल्हो’ (बिरालो वर्ग)को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन्।सरकारले आज देशभर सार्वजनिक विदासमेत दिएको छ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, ओखल्ढुङगालगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |