

बालविवाह हुन नदिन जुम्लाको तिला गाउँपालिकाले विवाहको लागि अनिवार्य रुपमा वडाको सिफारिस लिनुपर्ने नियम बनाएको छ।
गाउँपालिका कार्यालयले विवाहको लागि वडाको सिफारिस अनिवार्य गरेको हो।वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो।
गाउँपालिकाको परिपत्रपछि वडा नम्बर ६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गर्ने नियमलाई कडाइका साथ लागू गरेको रोकायाले बताउनुभयो ।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो।
विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ, वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य रुपमा वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ वडाध्यक्ष रोकायाले भन्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |