

धादिङ । सिद्धलेक गाउँपालिका–५ चेक्वाङ स्थित बाग्बच्छला मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ हुने भएको छ।
बाग्बच्छलादेवी माई मन्दिर संरक्षण समितिको आयोजनामा मन्दिरको चौतर्फी विकास एवं पर्यटन प्रर्वद्धनको लागि आगामी चैत्र ५ गते संगीतमय श्रीमद्भागवत एकाहा ज्ञान महायज्ञ लगाइने मन्दिर संरक्षण समितिका बुद्ध गुरुङले जानकारी दिनुभयो ।
आर्थिक संकलन गरी मन्दिर कोष स्थापना गर्ने उद्देश्य सहित मन्दिर गेटदेखि सिढी निर्माण, भजन मण्डली भवन निर्माण, मन्दिर परिसरको सडक निर्माण, विदुत लाईन विस्तार र खानेपानी व्यवस्थापन गर्ने योजना सहित महायज्ञ आयोजना गरिएको गुरुङले बताउनुभयो ।
उहाँका अनुसार रु. १ देखि ४९९ सम्म दानपेटिमा दान गर्ने, रु. ५०० देखि ९९९ सम्म (रसिद,खादा), रु. १००० देखि २९९९ सम्म (रसिद,खादा सहित सामाजिक सञ्जालमा फोटो), रु. ३००० देखि ४९९९ सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो सहित फ्रेममा सम्मान पत्र) ले सम्मान गरिने छ ।
यस्तै रु. ५००० देखि २०००० सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो,फ्रेममा सम्मान पत्रसहित सिलामा नाम) लेखिने र रु. २५००१ देखि ३०००० सम्म (रसिद, खादा,सामाजिक सञ्जालमा फोटो,फ्रेममा सम्मान पत्रसहित सिलामा नाम र दोसल्ला)ले सम्मान गरिने बताउनुभयो ।
यसैगरी रु. ३०००१ देखि ४०००० सम्म ((रसिद, खादा,सामाजिक सञ्जालमा फोटो,फ्रेममा सम्मान पत्रसहित सिलामा नाम र दोसल्लासहित ताम्र पत्रमा नाम लेखिने उहाँको भनाई छ ।
महायज्ञमा गुरु विष्णु प्रसाद सुवेदी र लक्ष्मीकान्त खतिवडाको मुखाराविन्दुबाट भजन कृतन सहितको प्रवचन हुने बताईएको छ।
अन्दाजी १५ हेक्टर सालको घना जङगलको विचको थाप्लोमा रहेको, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको वाग्वच्छला देवी माईमा हरेक बर्ष मंसिर पूर्णिमाको दिन मेला लाग्ने गर्दछ।
हेर्नुहोस् मन्दिरको भिडियो………….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |