

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ।
बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छाविपरित जथाभावी रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग दल्ने/लोला हान्ने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थको सेवन गर्ने/गराउने, सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने अवाञ्छित तथा उछृङ्खल किसिमका कार्यहरु नगर्न/नगराउन र प्रचलित मूल्य मान्यता एवं परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा पर्व मनाउन सवैमा अनुरोध छ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलद्धारा सूचनामा भनिएको छ।
साथै सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था एवं व्यक्तिगत स्वतन्त्रता विरुद्धका कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा भनिएको छ।
यस वर्षको होली पर्व चैत ११ र १२ गते परेको छ ।११ गते पहाडी जिल्लामा १२ गते मधेशमा होलीको सार्वजनिक बिदा दिइएको छ।
यस्तो छ,सूचना :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |