

धादिङ । सदरमुकाम धादिङबेशीमा सडक नेवाः खाना उत्सव सुरु भएको छ ।
झिंगु नेवाः समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको हो ।
झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको हो।
सडक नेवाः खाना उत्सव लोप हुदै गएको र यस उत्सवले नेवारी संस्कृतिको जगेर्ना गर्ने विश्वास लिएका श्रेष्ठले बताउनुभयो।
सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिन पाइने छ ।
पहिलो प्रयास भएपनि सडक खाना उत्सवमा १५ सय भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अनुमान गरिएको उहाँको भनाई छ।
सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम गरिरहेको र अर्को सडकको छेउमा थुप्रै खालका नेवारी परिकारका खानेकुराहरुहरु बनाउदै दिदै गरेको उहाँले बताउनुभयो ।
खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन आउनेहरुको उत्साह देख्दा दुई दिनसम्म चल्ने महोत्सवमा १५ सय भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
दिउँसो २ वजेदेखि साँझ ८ वजे चल्ने महोत्सव भोलि आइतबारसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |