सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको हो ।
नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । नेप्सेले यो कम्पनीलाइई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |