धादिङ,२८ असोज ।
दशैँ सकिएलगत्तै तिहार पर्व नजिकिँदै छ । फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन ।
नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान छ । फ्लोरिकल्चर एसोसिएशन नेपालका महासचिव विश्वमणि पोखरेलका अनुसार यसपालि तिहारका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्रीका माला भारतबाट आयात हुँदैछ ।
सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको पोखरेलले बताउनुभयो ।सयपत्री फूलको माग हरेक वर्ष बढ्दो छ । तर, धेरैजसो युवा शक्ति विदेशिने र गाउँघरमा रहेकाहरु पनि सहर पस्ने प्रवृत्ति बढेकाले फूलको उत्पादन मागअनुसार बढाउन सकिएको छैन ।
वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गरेको छ । तिहारमा फूलको कारोबार बढी हुने भए पनि त्यहीअनुसार उत्पादन भने हुन सकेको छैन । केही वर्षयता फूल खेतीमा आकर्षण बढे पनि मल, बिउ नपाउँदा किसानलाई समस्या हुने गरेको छ । यसपालिको तिहारमा १० करोड रुपैयाँ बराबरका २० लाख सयपत्रीका माला खपत हुने अनुमान छ । यस्तै, दुई करोड बराबरका मखमलीका सवा ३ लाख माला खपत हुने एसोसिएशनको अनुमान छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |