गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङका अनुसार तिहार तथा छठ पर्व, घर आँगन/बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्धेश्यका साथ मेला गरिएको हो।
प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहनेछन् ।प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ ।प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरुमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कटफ्लावर प्रजाति रहेका छन् ।
साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा रहनेछन् ।यो मेला फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा हुन लागेको हो ।मेलामा प्रवेशका लागि साधारणतर्फ एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ ।प्रदर्शनीमा अवलोकनकर्तामध्ये ५ जनालाई विजेता घोषणा गरी ६ गते बेलुका सिभिल मलमा हुने चलचित्र ‘महापुरुष’ को प्रिमियर शोमा महजोडीसँगै सहभागी हुने अवसर दिइने एसोसिएसनले जनाएको छ । प्रदर्शनी आउँदो आइतवारसम्म चल्नेछ । -ujyalo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |