धादिङ,०४ कात्तिक ।
सदरमुकाम धादिङबेसीमा बजार अनुगमन गरिएको छ ।हिन्दु नेपालीहरुको चाड तिहारको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरू विक्री वितरण हुने अवस्थालाई मध्यनजर गर्दै नीलकण्ठ नगरपालिकाले बजार अनुगमन गरेको हो ।
आज शुक्रबार धादिङबेशीको सिरान बजार, विच बजार, विपि टोल लगायतका ठाउँमा रहेका किराना स्टोर, मासु पसल, मिठाई पसल र फलफुल पसलमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा नगर उप प्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा सिराना बजारबाट म्याद र क्याम्पस चोक अगाडीको किराना पसलबाट म्याद गुज्रेको विस्कुट, पेय पदार्थ र हर्लिक्स जफत गरीएको प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा म्याद गुज्रिएका ३ काटुन विस्कुट जफत गरी नष्ट गरीएको छ।खाद्य पसलमा म्याद गुज्रेका पेय पदार्थ र एक दर्जन हर्लिक्स पनि जफत गरी नष्ट गरीएको नगरपालिकाले जानकारी दिएको छ।
धादिङबेसीमा मासुपसलहरुमा सरसफाई नभएको, मासु काट्ने स्थान फोहोर भएको, खसि, कुकुरा र माछा लगायतमा मासुहरु एउटै फ्रिजमा राखीएको र पसल नविकरण नगरीएको जस्तो कमजोरी भेटीएको छ ।
यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ज कमेरेमा रहेको बधशालाको पनि अनुगमन गरीएको छ ।उक्त बध शालामा सरसफाई नभएको,स्टोर गरेर राख्ने स्थान फोहोर भएको,पशु बध गर्नु पुर्व स्वास्थ्य परिक्षण नगरिएको जस्ता कमजोरीहरु रहेको छ ।
उक्त बधशालालाई पनि एक हप्ता भित्र सुधार गर्नको लागि निर्देशन दिईएको छ । अनुगमनको क्रममा पहिलो पटक चेतावनी दिएको र अर्को पटकदेखी यस्तै पाए कारबाही गर्ने नीलकण्ठ नगरपालिकाले जनाएको छ।
नगर उप प्रमुख विश्वकर्माले अबदेखी महिनाको दुई दिन समय छुट्याएर बजार अनुगमनलाई तिव्रता दिने बताउनु भएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भन्दै उहाँले मापदण्ड पुर्याएर मात्र व्यावसाथ सन्चालन गर्नको लागि आग्रह गर्नुभयो । सामान खरिद गर्दा उपभोक्ताहरु सचेत भए अहिलेको समस्याहरु विस्तारै हट्दै जाने बताउनुभयो।
बजार अनुगमनमा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय, पशु चिकित्सक डा. सुनिता श्रेष्ठ वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ,वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सभापति राजाराम शर्मा,जिल्ला प्रहरी कार्यालयका श्याम बहादुर रायमाझी,घरेलु तथा साना उद्योग कार्यालयका राजेन्द्र कोईराला, धादिङ चेम्बर अफ कमर्शका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका नारायण कुमार श्रेष्ठ,उपभोक्ता हित संरक्षण मन्च नेपालका शिवराज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
बजार अनुगमनका तस्विरहरु :
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |