प्रहरीले जुवाखालमा छापामारी गरेर नगद १ लाख १९ हजार भन्दा बढी रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार राति पौने ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौस्थित जुवा खालमा छापामारी गरेको हो ।
प्रहरीले वीरगञ्ज–१७ अलौंमै बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियालाई पक्राउ गरेको हो ।
मानिसहरु कौडा खेलिरहेका छन् भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले नगदसहित उनीहरुलाई पक्रेको थियो ।
जुवाको खालबाट नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |