कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो ।
टीकापुरका पुराना फुल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ विघामा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।”
४ वर्षअघि १० कठ्ठा जमीनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यवसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका ब्यापारीहरु बताउँछन् । जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो ।
मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्कनुभयो । “मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्”, उहाँले भन्नुभयो, “फुलका माला नपाएपछि प्लाष्टिकका माला लिएर जादैछु । के गर्नु प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।”
टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाउनुभएन । उहाँ पनि माला किन्न बजारसम्म पुग्नुभएको थियो । “माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु”, उहाँले भन्नुभयो, “विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ ।” कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन ।
हरेक नागरिकका घर २/४ कठ्ठा जमीनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् । यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन् । घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने जेष्ठ नागरिक धौली न्यौपाने बताउनुहुन्छ । “हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन”, उहाँ भन्नुहुन्छ, “हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।”
तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घर आँगन रंगाउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फुल प्रयोग गरिन्छ । बजारमा माला र फुल अभिाव भएपछि प्लाष्टिकका मालाको ब्यापार पनि राम्रो भएको छ । ब्यापारी शिव चौधरी फुलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका माला किन्न आएका बताउनुभयो ।
संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक मानिसले घरघरमै फुलबारी बनाउन आवश्यक रहेको बताउनुहुन्छ । “घरमा थोरै भए पनि फुलबारी चाहिन्छ, फुलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उहाँ भन्नुहुन्छ, “घरघरमै २÷४ बोट फुल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फुल किन्ने हामी नेपालीको बानी अनौँठो छ । यहाँको फुल सकिएपछि भारतबाट आएको फुल बिक्री भएको छ।”
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |