चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ ।
सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात रु ४१ अर्ब ८२ करोड बराबरको भएको छ ।
आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कूल रु पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।
गत आवमा रु चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई रु चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको हो ।
यस्तै, गत आवको तीन महिनामा रु ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर रु ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |