एक सातादेखि बन्द रहेको सेयर कारोबार आज सोमबार (कात्तिक १४ गते) बाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत कात्तिक ७ गतेदेखि सेयर बजार बन्द थियो ।
कात्तिक ६ गते अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार पुनः सुरु हुनेछ । तिहार पनि सकिएको छ ।
कम्पनीहरुले धमधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भन्ने सर्वत्र चासो रहेको छ ।
तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । भाउहरु निकै तल्लो विन्दुमा आएकाले अब बजारले विस्तारै सकारात्मक गति समाउने धेरैको अपेक्षा रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |