चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ ।
२०७९ को साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालले आयात गरेको हो ।
सो अवधिमा नेपालले ६२ अर्ब ४६ करोड ६१ लाख ६८ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार बितिको तीन महिनामा नेपालले भारतबाट २९ अर्ब २९ करोड ८१ लाख २४ हजार रुपैयाँको डिजेल, १८ अर्ब २२ करोड ४४ लाख १५ हजार रुपैयाँको पेट्रोल र १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १४ अर्ब ९ करोड ५० लाख ३४ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ ।
गत आर्थिक वर्षको साउन देखि असोजसम्म तीन महिनाको अवधिमा नेपालले ४८ अर्ब ३७ करोड ११ लाख ३४ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट आयात गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङकले नेपालले सबैभन्दा बढी मुल्यमा आयात गरेको तीन वस्तुमा क्रमसः डिजेल, पेट्रोल र एलपी ग्यास रहेको देखाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |