नेपालले गर्दै आएको सुन आयातमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको हो ।
आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागले जनाएको छ ।
उक्त सुन र सुनका गहना आयात गर्दा नेपालबाट ६ अर्ब २८ करोड ६ लाख ५१ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५६.२२ केजी कम सुन आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले ५ अर्ब ८ करोड १५ लाख १२ हजार रुपैयाँ कमको सुन आयात गरेको हो ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब ३६ करोड २१ लाख ६३ हजार रुपैयाँको १ हजार ६८० केजी सुन र सुनका गहना आयात गरेको थियो ।
पछिल्लो तीन महिनामा नेपालले युनाइटेड अरब इमिरेट्सबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन आयात गरेको छ ।
यस्तै सोही अवधिमा क्यानडाबाट ४ करोड २४ लाख ६० हजार रुपैयाँ, हङकङबाट ३१ करोड ७४ लाख ७५ हजार रुपैयाँ, जापानबाट ४ करोड ३८ लाख २४ हजार रुपैयाँ, कतारबाट ८२ लाख ३६ हजार रुपैयाँ र बेलायतबाट ५ करोड २४ लाख ४४ हजार रुपैयाँको सुनका गहना नेपाल भित्रिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |