प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाे केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा राेक लगाइएकाे छ । निर्वाचन आचार संहिताकाे विषयका बारे छलफल गर्न बसेकाे सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म मदिरा किनबेचमा राेक लगाउने निर्णय गरेकाे हाे ।
शान्ति सुरक्षा कायम गर्न यस अवधिभर मदिरा बेचबिखन तथा सेवनमा रोक्ने लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।
यस्तै, चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासमा आमसभा, नारा जुलुस, भिडभाड नगर्ने नगराउने लगायत बिषयमा निर्णय भएकाे छ ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद गौतमको उपस्थितिमा बसेको बैठकले निर्वाचनमा समन्वय सहकार्य गर्नेदेखि विभिन्न निर्णय गरेको छ । बैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसंहिताको बिषयमा जानकारी दिए ।
यसैगरी १८ कात्तिकदेखि १ मंसिरसम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन रहेकाे निर्वाचन कार्यालय जुम्लाले जानकारी दिएको छ । त्यस अवधिमा आमसभा, कोणसभा, जुलुस गर्न पाए पनि १ मंसिरपछि गर्न पाईने छैन् । यसैगरी २५ भन्दा बढी मानिस भेला हुन नपाउने आचार संहितादेखि मतदान केन्द्र, कर्मचारी खटनपटनको बिषयमा छलफल भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |