भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
निगमका अनुसार खासगरी डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको छ । नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ ।
निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।
निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
योभन्दा अगाडि पटक–पटक आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले खुद्रा बिक्री मूल्य घटाएको थिएन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |