अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रोपटक र सर्वसाधारणलाई तेस्रोपटक शेयर निष्काशन गर्नुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्काशन गर्दथ्यो ।
आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्काशन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गु्नासो गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरुको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |