काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला’ हुने भएको छ।
नेपालमा उत्पादित जुत्ता–चप्पललाई प्रवर्द्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही कात्तिक २४ देखि पुस २ गतेसम्म मेला आयोजना हुने भएको हो।
मेलाका संयोजक एवं एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्ष्य गरी मेला सुरु गर्न लागिएको जानकारी दिए। मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ।
तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ता चप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताए। मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा नेपालमा उत्पादित बीएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोसेली, फस्ट वाक, क्रस रोड, केटीएम, भीएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा रु सयको चप्पलदेखि रु १० हजारको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताए
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |