नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ । महासङ्घका अध्यक्ष कुमार कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरू अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताउनुभयो ।
महासङ्घले बैंकको ब्याजदर एक अङ्कमा सीमित हुनुपर्ने जनाएको छ । बैंकहरुले सङ्कटको बेला ब्याज बढाएर सामान्य मानवीयता समेत ख्याल नगरेको भन्दै महासङ्घले लिलामीको ३५ दिने सूचनालाई बढाएर छ महिना बनाउनुपर्ने माग गरेको छ ।
“सङ्कटको अवस्थामा सामान्य मानवीयता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौँ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोसिस गरेको पाइएको छ”, अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तीमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनुपर्छ ।”
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |