धादिङ,२९ कात्तिक ।
धादिङ जिल्लाभर भोलि बुधबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको बस्तुस्थिती, शान्ति सुरक्षाको अवस्था,निर्वाचन आयोगको निर्णय कार्यान्वयन सम्बन्धी प्राप्त पत्र अनुसार कात्र्तिक ३० गते राती १२ बजेदेखी मंसिर ६ गते मध्यान्ह १२ बजेसम्म धादिङ जिल्लाभर र धादिङबेशी बजार क्षेत्र तथा गल्छी बजार क्षेत्रमा निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार,बिक्रि वितरण र सेवन कार्य निषेध गरिएको सूचनामा भनिएको छ ।
सूचनाको वेवास्ता गरी उल्लेखित क्रियाकलाप गरे वा गराएमा प्रचलित कानुन बमोजिम सेवनकर्ता र बिक्रेतालाई कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले पनि आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |