धादिङ,३० कात्तिक ।
धादिङ जिल्लाभर आज राती १२ बजेदेखी मदिरा बिक्री वितरण एवं सेवनलाई निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी गराएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको बस्तुस्थिती, शान्ति सुरक्षाको अवस्था,निर्वाचन आयोगको निर्णय कार्यान्वयन सम्बन्धी प्राप्त पत्र अनुसार आज राती १२ बजेदेखी मंसिर ६ गते मध्यान्ह १२ बजेसम्म धादिङ जिल्लाभर र धादिङबेशी बजार क्षेत्र तथा गल्छी बजार क्षेत्रमा निर्वाचन परिणाम घोषणा नभएसम्म मादक पदार्थ ओसारपसार,बिक्रि वितरण र सेवन कार्य निषेध गरिएको सूचनामा भनिएको छ ।
सूचनाको वेवास्ता गरी उल्लेखित क्रियाकलाप गरे वा गराएमा प्रचलित कानुन बमोजिम सेवनकर्ता र बिक्रेतालाई कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले पनि आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |