नेपाल राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक नीतिको समीक्षामार्फत कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ । चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ ।
ब्याजर अन्तर घटेपछि अब वाणिज्य बैंकहरुले ४ प्रतिशत मात्रै लिन पाउने छन । यस अघि वाणिज्य बैंकहरुले लिन ब्याजदर अन्तर ४.४ प्रतिशत थियो । मौद्रिक नीतिले ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर पनि ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।
यसबाट बैँक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको भट्टले बताए । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |