मंगलबार नेपाली मुद्राको अधिमूल्यन भएको छ । अमेरिकी डलर कमजोर हुँदा नेपाली मुद्रा अधिमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३८ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । सोमबार डलरको खरिद मूल्य १३० रुपैयाँ ४० ४० पैसा र बिक्री मूल्य १३१ रुपैयाँ थियो ।
युरोपियन युरोको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा, सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ।
१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा कायम भएको छ । चिनियाँ युआनको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, साउदी अरेवियन रियालको खरिदमूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियालको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा र मलेसियन रिंगेटको खरिददर २९ रुपैयाँ १० पैसा र बिक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |