सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।
इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु पाँच सय भत्ता दिने भएको छ । गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरू गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ ।
हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताउनुभयो । हेलम्बु गाउँपालिकाले एकजनालाई रु पाँच सय दिने व्यवस्था गरेको छ ।
विदेश जाने महिला बढे
अक्षर नचिनेका र राम्रोसँग नेपाली बोल्नसमेत नजान्ने एउटै गाउँका सयभन्दा बढी महिला कामका लागि खाडीमुलुक गएका छन् । गाउँमा आम्दानीको स्रोत नभएको भन्दै तामाङको बाहुल्यता रहेको सिन्धुपाल्चोकको विकट क्षेत्र पाँचपोखरी थाङपाल गाउँपालिका–८ भोटेनाम्लाङका महिला रोजगारीका लागि खाडीमुलुक गएका छन् ।
यहाँका स्थानीय लक्ष्मण तामाङका अनुसार प्रायः यहाँका महिला लेवनान गएका छन् । यहाँका १४/१५ वर्षका किशोरी पनि पैसा कमाउन खाडीमुलुक गएका छन् । केही त आधारभूत तहको शिक्षा पूरा गरी विदेश गएको उहाँले बताउनुभयो ।
स्थानीय रुक्मणी गुरुङका अनुसार यहाँका महिला घरको काम गर्ने भन्दै लेवनान, कुवेत, साउदीअरब, बहराइनलगायतका मुलुक जाने गरेका छन् । महिला मात्र होइन गाउँमा विदेशिने पुरुषको सङ्ख्या पनि बढी छ । गाउँमा आम्दानीको स्रोत नहुँदा र खान पुग्ने गरी उब्जाउ जमिन नहुँदा आफ्ना मानिसले विदेशिनुपरेको गाउँलेको दुःखेसो छ ।रासस
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |