धादिङ,२९ मंसिर ।
डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाइ मध्यनजर गर्दै धादिङ महोत्सव मुल आयोजक समितिले आठौ धादिङ महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम गर्ने भएको छ ।
महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाइ मध्यनजर गर्दै महोत्सव अवधिभर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिनुभयो ।
‘महोत्सव अवलोकन गर्नेहरुलाइ लक्षित गरेर सुगर प्रेसर परीक्षण कार्यक्रम पनि हुन्छ ।’ सिंखडाले भने, ‘कतिपय ब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाइ मध्यनजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाइ आफ्नो रक्त समुह थाहा छैन, उसको रक्त समुह पनी छुट्याउने ब्यवस्था मिलाएका छौँ ।’
परीक्षणको कार्यक्रमलाइ ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टलनै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुल आयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुल आयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |