

गोरखास्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम अगाढि बढेको छ ।
चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।
आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेश गर्न भनिएको छ ।
कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका-४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री-५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ ।
सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढीगण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |