

काठमाडौंको वनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एक जना पक्राउ परेका छन् ।
गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर घले पक्राउ परेका हुन् ।
बिहीबार उनलाई गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी यसअघि २०७२ जेठमा समेत काठमाडौं महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।
उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |