

यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट रु तीन लाख ५० हजार राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मंसिर महिनाभरि नियम उल्लंघन गर्ने चार सय ५६ जनाबाट रु तीन लाख ४७ हजार उठाएको हो ।
उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका चार सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लंघनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।
विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |