कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ र २०१८ उपाधि जितेको हो ।
कतार विश्वकप खेलमात्रै हैन, यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।
विजेताले ४ करोड २० लाख डलर पाउने फिफाले जनाएको छ । यसैगरी उपविजेताले ३ करोड डलर, तेस्रो हुनेले २ करोड ७० लाख डलर र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् ।
क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख डलर, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर र समूह चरणबाटै बाहिरिनेले बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |