

धादिङ,०४ पुष ।
आठौ धादिङ महोत्सव पुष ७ गतेदेखि १७ गतेसम्म संचालन हुदैछ । महोत्सवलाइ सभ्य र भब्य हिसावमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा उपसमितिहरु बनाएर काम गरिरहेको मुल आयोजक समितिले तयारीलाइ तीव्र पारेको छ ।
विषयगत जिम्मेवारी पाएका उपसमितिहरुले आफ्नो समितिको काम ९० प्रतिशत भन्दा माथी सकिएको जानकारी दिएका छन् ।
महोत्सव स्थल धादिङवेशी खुल्ला मञ्चमा यतिबेला धमाधम स्टल निर्माणको काम भइरहेको छ ।
स्टल निर्माण संगै रमाइलो मेला का सामाग्रीहरु पनि जडान कार्य भइरहेको स्टल निर्माण तथा स्थान ब्यवस्थापन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि उत्पादन स्टल, डेरी स्टल, इलेक्ट्रोनिक्स÷सुचनाप्रविधी स्टल, विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रिका स्टल, स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि स्टल तथा स्थानीय तहको उत्पादनको स्टल गरी १ सय २० भन्दा बढी स्टल रहने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
धादिङ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवमा मुख्य प्रायोजकको रुपमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेड रहको छ भने महोत्सवमा १० करोड भन्दा वढीको कारोवार हुने र ३ लाख भन्दा बढीले हेर्ने अपेक्षा गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |