

साताको तेस्राे कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।
मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।
यस्तै, नेपाल दुरसञ्चार कम्पनीकोे सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता सिभिल बैंकको ४ करोड भन्दा बढीको कारोबार भएको छ ।
आँधिखोला लघुवित्त वित्तिय संस्थाको र सृजनशील लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ वटा उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन र अन्य इन्डेक्समा २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |