नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा गरिरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड थामिनसक्नु हुँदै गएको छ । जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरु भिड लाग्दै गएको आयोजकको दावी छ । लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले किन्न आउने ग्राहकहरुको रोजाइमा पर्ने गरेको छ ।
भृकुटीमण्डपको प्रवेशद्वार छिर्ने बित्तिकैको सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज, पीजी सुज, बेम्बो सुज र हिमानी कलेक्सनको सहभागिता रहेको छ ।
एउटै छानामुनि उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोक्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी दिइएको आयोजकको भनाइ छ । ती जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेलाका आयोजक बेम्बोसुजका सविन कार्कीले बताए । उपभोक्ताले खोजेका हरेक भेराइटीका जुत्ताचप्पल मेलामा उपलब्ध गराइएको उनले जानकारी दिए ।
मेला लाग्ने दिन छोटिएसँगै सस्तोमा बलियो, आकर्षक डिजाइनका जुत्ताचप्पल किन्ने ग्राहकहरुको भिडदिन प्रतिदिन बढ्दै गएको आयोजकले बताएको छ । मेला पुष १९ गतेसम्म चल्ने छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |