धादिङ,१८ पुष ।
धादिङको धुनिबेसी नगरपालिका स्थित जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योग प्रालीले १६ करोड बढि विद्युत् महसुल तिर्नुपर्ने भएको छ। सिमेन्ट उद्योगले विद्युत् खपत गरेबापतको रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने भन्दै धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त फैसला गरेको हो । उद्योगले प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय ९९ रुपैयाँ विद्युत् महसुल तिर्नुपर्ने भएको छ ।
विद्युत् महसुल छुट पाउनुपर्ने भन्दै नेपाल विद्युत् प्राधिकरणविरुद्ध उद्योगले चार वर्षअघि उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुवँरको इजलासबाट प्राधिकरणसँग सम्बन्धित निकायमा दाबी नगरि सिधै उच्च अदालत आएको भन्दै उत्प्रेषणको आदेशबाट रिट बदर भएको थियो ।
२०७३ भदौदेखि २०७५ चैतसम्म महसुल तिर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले ठहर गरी महसुल चुक्ता गर्न उद्योगलाई आग्रह गरेको थियो । महसुल छुट दिनुपर्ने माग गर्दै गरिएको सिमेन्ट उद्योगको दाबी नपुग्ने भएपछि उद्योगले यो रकम तिर्नुपर्ने भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |