

मंगलबार मंलबार सेयर बजार ओरालाे लागेकाे छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएकाे छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।
सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।
हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । स्वेत गंगा हाइड्रोपावर र धाैलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।
कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |