

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।
४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले अझै मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएको बताइन्छ । त्यसपछि निगम सञ्चालक समितिको बैठक बसेर मूल्य घटाउने निर्णय गरेको हो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |