

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले बैङ्कहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।
नियामक निकाय नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बैङ्कर्स एसोसिएशनले जनाएको छ । राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । त्यसैअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो ।
माघ महिनाको लागि वाणिज्य बैङ्कमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२ दशमलव १३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुनेछ भने संस्थागततर्फको १० दशमलव १३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुनेछ । निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ । तर कर्जाको ब्याजदर आउँदो वैशाखदेखि मात्रै परिवर्तन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |