

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन बुधबार पनि सोही मूल्यमा किनबेच भएको थियो।
यसैगरी चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |