नेपालको वैदेशिक व्यापारका सबै सूचक घटेका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा कमी आएको छ ।
६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो ।
त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो ।यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी हो ।
६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष व्यापार घाटामा १९ दशमलव १५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । नेपालले अघिल्ला वर्षहरुमा जस्तै, फलाम, पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका वस्तु आयातमा अर्बौँ रुपैयाँ बाहिर पठाएको छ ।
६ महिनामा २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यान्न, १७ अर्ब रुपैयाँको तरकारी र ५२ अर्ब रुपैयाँको घिउतेल आयात भएको छ । यस्तै एक खर्ब ६४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, २२ अर्ब रुपैयाँको औषधि र मेडिकल सामग्री, ३० अर्ब ५९ करोड रुपैयाँका पलाष्टिकजन्य सामग्री, ३२ अर्ब रुपैयाँको मार्बल र टायल, ६३ अर्ब ६६ करोड रुपैयाँको फलाम, ४८ अर्ब ८९ करोड रुपैयाँको मेसिनरी सामग्री र ५१ अर्ब १० करोड रुपैयाँका विद्युतीय सामग्री आयात भएका छन् भने २६ अर्ब ४७ करोड रुपैयाँका गाडी भित्रिएका छन् ।
त्यस्तै निर्याततर्फ सात अर्ब रुपैयाँको चिया र कफी, २१ अर्ब रुपैयाँको घिउ तेल, १२ अर्ब रुपैयाँको खाद्यान्न तथा दुधबाट बनेका परिकार र २६ अर्ब रुपैयाँको तरकारी र फलफूल निर्यात भएको छ ।
झण्डै दुई अर्ब रुपैयाँ बराबरका काष्ठकलाका सामग्री पनि निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |