सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ । विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो ।
विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप रु तीन हजारसहित सम्मान गरिनेछ ।
छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताउनुभयो । उहाँले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |