धादिङ,१६ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा भएको श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ समापन भएको छ ।
विश्व भागवत धाम कोष नेपाल परेवाटरको आयोजनामा माघ ८ गतेदेखी परेवाटारमा अवस्थित लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर,चण्डिकादेवी एवम बिशाल धर्मशाला निर्माणार्थ आयोजित संगितमय श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ एवम परेवाटार धार्मिक महोत्सवको आज समापन गरिएको हो ।
आज अभिषेक, पूर्णाहुती, शान्तिकलश वितरण,दाता सम्मान गर्दै महायज्ञको समापन गरिएको श्रीमद भागवत सप्ताह एवम परेवाटर धार्मिक महोत्सव व्यवस्थापन मूल समितका संयोजक बिष्णु थपलियाले जानकारी दिनुभयो ।महायज्ञबाट १ करोड ३४ लाख ४४ हजार रकम संकलन भएको थपलियाले बताउनुुभयो ।
धाम निर्माणको लागि बेनिघाट रोराङ गाउँपालिकाले २० लाख दिने भएको छ। आज महायज्ञलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष बिबेक थपलियाले २० लाख सहयोग गर्ने घोषणा गर्नुभएको होे ।
दान अहिले नगरे कहिले गर्ने,हामिले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने भन्ने मुल मन्त्रको साथ भएको भागवतको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्नुभएको थियो । महायज्ञमा २१ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने आयोजकले जनाएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |