एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल (एप) वा इन्टरनेट बैंकिङमार्फत इन्टर बैंक फण्ड ट्रान्सफर गर्दा प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको हो ।
यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो भने अब प्रतिदिन २ लाख रुपैयाँसम्म वालेटबाट अन्य बैंकको खातामा पनि पठाउन सकिनेछ ।
यस्तै एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था थियो भने त्यसलाई बढाएर प्रतिदिन ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको बैंकले जानाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |