

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र पालिकालाई चालु आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालु खर्चमा खर्च कटौती गर्ने निर्णय गरेअनुसार पालिका र जिससलाई पनि खर्च कटौती गर्न परिपत्र गरिएको हो ।
सङ्घीय मामिला मन्त्रालयले खर्च कटौती गर्न मिल्नेसम्मका शीर्षकमा खर्च कटौती गर्न भनेको छ । विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा परेको प्रभाव र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन नभएकाले बजेट कटौती तथा खर्च रोक्का गर्न भनिएको छ ।
सबै पालिका र जिससले विनियोजित बजेटको खर्च भइ बाँकी रहेको दायित्व सिर्जना भइसकेका बाहेक बजेट तत्काल लागू गरी २० प्रतिशत कटौती गर्न आग्रह गरिएको छ । सङ्घीय सरकारले कर्मचारीको तालिम खर्च, सिप विकास तथा जनचेतना, गोष्ठी, कार्यक्रम खर्च, अनुगमन तथा मूल्याङ्कन खर्च, मेसिनरी तथा औजार कटौती गर्ने निर्णय गरिसकेको छ ।
त्यस्तै गाडी मर्मत खर्च, नियमित सार्वजनिक सम्पत्तिको मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन, सेवा परामर्श खर्च र अन्य कार्यालय सञ्चालन खर्चलगायतका शीर्षकको खर्च कटौती गर्ने निर्णय पनि भएको छ ।
यही निर्णयअनुसार जिल्ला समन्वय समिति र पालिकामा पनि खर्च कटौती गर्न भनिएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |